Skip to content
Home » Articles » संविधानसभा सदस्य थापाद्धारा स्याङ्जामा शैक्षिक सामग्री वितरण

संविधानसभा सदस्य थापाद्धारा स्याङ्जामा शैक्षिक सामग्री वितरण

वैशाख १९ बिरुवा , स्याङ्जा ।

चाइना फाउण्डेसन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजन तथा संघिय संसदका पुर्व सदस्य अमृता थापाको विशेष पहलमा स्याङ्जाको विरुवा गाउंपालिकाका सामुदायिक विद्यालयहरुमा १६९१ थान स्टेशनरीका सामान सहितको झोला वितरण गरिएको छ ।

गाउँपालिका भित्रका सामुदायिक बिधालयमा अध्ययनरत बाल विकास दृखी कक्षा ८ सम्मका आधारभुत तहका सम्पुर्ण बिधार्थीहरूलाई उक्त शैक्षिक समाग्री हस्तान्तरण गरिएको हो। वैशाख १९ गते नवज्योति मा.वि. विरुवामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्नुहुंदै अनेमसंघ( क्रान्तिकारी ) अध्यक्ष एवं भुतपुर्व सासंद थापाले उक्त सामग्रीले बालबालिकालाई पढ्ने कुरामा उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो

सामुदायिक बिधालयमा विधार्थीको आकर्षण घट्दै गैराखेको अवस्थामा यस्ता शैक्षिक सामाग्री वितरण कार्यक्रमले सार्थकता पाउने बताउनुभयो । साथै थापाले उक्त अभियानमा प्रत्यक्ष , अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी संस्था, विरुवा गाउंपालिका शिक्षा तथा खेलकुद शाखा सवैलाई धन्यवाद दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य श्री हिमालजंग के.सी.को अध्यक्षता सञ्चालित उक्त कार्यक्रममा गाउंपालिका अध्यक्ष सूर्य कुंवर, कार्यपालिका सदस्य पहलसिंह वि.क. कावा प्र.अ. दिपक वाग्ले, शिक्षा तथा शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोवल कर्पोेरेशन फर डेभलपमेन्टका उक्तम कार्की, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लगायतको उपस्थिति र गुरु प्रकाश वाग्लेको सञ्चालन रहेको थियो ।

– Advertisement –

सोही दिनै गाउँपालिकाको अर्को विधालय जनजागृति प्रा. वि. मा पनि बिधालय व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मी के.सी. को अध्यक्षता र सहायक प्र.अ. गिता गाहा मगरको संचालन र संघिय संसदका पुर्व सदस्य अमृता थापा मगरको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

संघिय संसदको अघिल्लो कार्यकालमा नेकपा माओवादी (केन्द्र) बाट समानुपातिक सासंद रहनुभएकी थापा गत मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा भने स्याङ्जा क्षेत्र १ (क ) बाट पराजित हुनुभएको थियो । निर्वाचन मा हार बेहोरेतापनि जनताको पिर मर्का, दुख पिडामा सदैव खटिरहने गरेको थापाको भनाई छ। साथै अबका दिनमा थप शसक्त रूपमा आफ्नो गृह जिल्लामा जनता संग जोडिएका हरेक क्रियाकलापमा लागिरहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

संघिय सरकारमा आफ्नो पार्टीको सरकार भएतापनि समग्र स्याङ्जाको विकासमा त्यति ध्यान नदिएको गुनासो जनताले तपाईंलाई गर्छन नी भन्ने हाम्रो प्रश्नमा थापाले भन्नुभयो ” म स्याङ्जाको विकास र समृद्धि को लागि संघ सरकारबाट योजनाहरू गाउँगाउँ लाने र सिंहदरबार को डेलिभरि जनतालाई अनुभुती गराउन लागि परिरहेको छु , विकास भन्ने चिज एकैचोटी सम्भव छैन , संघिय सरकार अन्तर्गतका बढि भन्दा बढि योजना स्याङ्जा मा लैजाने प्रयास गर्छु। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *